२ बैशाख २०८३, बुधबार | April 15, 2026

पुरैनी तालमा चराको सङ्ख्या घट्यो



कञ्चनपुर । बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन् ।

चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताए । “पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो” उनले भने, “हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ ।”

तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ । नेपाल पक्षी संरक्षण सङ्घ९विसिएन०का चरा विज्ञ हिरुलाल डगौराका अनुसार तीस बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन् ।

यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताए।

रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन् । गर्मी समय सुरु हुन अगावै आगन्तुक चरा पुरानै साइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपक्षी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय पाँच पुगेको छ । “ताल वरिपरीको सीमसार क्षेत्र प्रत्येक वर्ष मासिँदै जान थालेपछि केही वर्ष यतादेखि चरा ताल क्षेत्रमा कम मात्रामा देखिने गरेका छन्” चरा विज्ञ डगौराले भने, “विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्ने कार्यले पनि संरक्षण गर्न चुनौती छ ।”

स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । चराको अवलोकन गर्न लागि केही वर्षदेखि ताल क्षेत्रमा आन्तरिक पर्यटकसमेत पुग्न थालेका छन् । नगरपालिका- ६ का वडाध्यक्ष भोजराज चौधरी ताल संरक्षणका लागि प्रयास जारी रहेको बताउँछन । “ताल क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र जलकुम्भी हटाउनेबारे योजनावद्ध रुपमा अगाडि बढने योजना छ” उनले भने, “नगरपालिकाको कार्यपालिकामा प्रस्ताव राखेका छौंँ, कार्यान्वयन हुने विश्वास छ ।”

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : १८ बजे

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक

नयाँ वर्षमा मस्त झुम्यो पोखरा

पोखरा । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा