१० श्रावण २०८३, आइतबार | July 26, 2026

दीप बोर्डिङ स्कूलमा सरस्वती पूजासँगै विद्यार्थीको ‘दीप साहित्यिक बाटिका’ विमोचन



बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ माविका विद्यार्थीले प्रकाशन ‘दीप साहित्यिक बाटिका’को सोमबार सरस्वती पूजाको अवसर पारी विमोचन गरिएको छ । विद्यालयमा विद्यार्थीका कला, साहित्य र प्रतिभाहरुको प्रोत्साहनका लागि साहित्यिक बाटिका (भित्रे पत्रिका) प्रकाशन गरिएको हो ।

साहित्य बाटिकाको विमोचन गर्दै अभिभाव संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थीको अध्ययनलाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए । बालबालिकाहरुमा भएका प्रतिभहरुको पहिचान र प्रस्फुटनका लागि साहित्यिक बाटिकाले भूमिका खेल्ने बताउँदै उनले नियमित प्रकाशनका लागि शुभकामना दिए । मासिक रुपमा प्रकाशन हुने साहित्यिक बाटिकामा विद्यार्थीले सिर्जना गरेका चरनात्मक लेख, कथा, कविता, चित्रकला, निबन्ध लगायतका सामग्री तथा विद्यालयमा सञ्चालन गरिने विभिन्न शैक्षिक गतिविधिहरुलाई समेत प्रकाशन गरिने विद्यालयका प्राचार्य टिकाराम न्यौपानले बताए ।

बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजु, विद्यालयका सहप्राचार्यत्रय सुरेन्द्रमान शाक्य, ज्ञानु थापा र कलाधर अर्यालल लगायतले विद्यार्थीको सिर्जनात्मक क्रियाकलापका लागि शुभकामना व्यक्त गरे । विद्यालयमा सोमबार विद्यार्थीले सरस्वती पूजामा सहभागी हुनुका साथै ७५ जना बढी बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ५९ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि