७ बैशाख २०८३, सोमबार | April 20, 2026

बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु

आयोजक लखन (सेतो)को विजयी शुरुवात



बुटवल । फुटबल खेलको उर्वरभुमिका रुपमा परिचित रुपन्देहीमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले चादनी युवा क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र प्रेम थापाले २-२ तथा समुन्द्र ज्ञवालीले थप एक गोल गरे । आयोजक टिमका मिलन आलेले खेलको २९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए । यसैगरि प्रेम थापाले ३२ औ र ३७ औ मिनेटमा लगातार गोल थपे । दोस्रो हाफमा खेलको ४४ औ मिनेटमा मिलन आले र ७२ औ मिनेटमा समुन्द्र ज्ञवालीले गोल गर्दै अन्तरलाई बढायो । चादनीका विकास थापाले खेलको ६६ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा आयोजक टिमका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए । बुधबारको खेल सौभाग्य युवा क्लब र इभोलुसन क्लब अफ बुटवलका बिच हुने संयोजक राम बहादुर थापाले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्दै स्थानिय सरकारका खेल पूर्वाधारमा लगानी गरिरहेको बताए । विश्वमा नेपाललाई पहिचान दिलाउन सकिने खेल क्षेत्रमा लगानीको वातारण बन्दै गएको भन्दै यसमा बुटवल पछि नरहेको दाबी गरे ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले खेलको उर्वरभुमि बुटवलमा खेलकुद विकासका धेरै योजनाहरु तयार गरिरहेको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष सुदिप खत्रीले खेल पूर्वाधारलाई संरक्षणमा स्थानिय पालिकाबाट पहल जरुरी रहेको भन्दै मैदान मर्मत र संरक्षणमा स्थानिय क्लबलाई नै जिम्मेवार बनाउदा प्रभावकारी हुने बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १,५१,५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका सचिव निरन्जन पन्तले बताए ।

यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन भने १५ लाख खर्च हुने अनुमान आयोजकको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ०३ बजे

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला