६ बैशाख २०८३, आइतबार | April 19, 2026

लखन कप फुटवलमा इभोलुसन विजयी



बुटवल । रुपन्देहीमा जारी लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा इभोलुसन क्लब अफ बुटवल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बुधबार भएको खेलमा सौभाग्य युवा क्लबलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै इभोलुसन दोस्रो चरणमा प्रवेश गरेको हो ।

सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलको निर्धारित समयमा सौभाग्यका एरोन थापा र हिमाल थापाले गोल गरेका थिए । यसैगरि इभोलुसनका बिनोद केवटले दुई गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल ट्राईबेकर धकेलिएको थियो ।

पेनाल्टी शुटमा सौभाग्यका दुई खेलाडीका प्रहार बाहिरिदा खेलमा पराजित हुन पुग्यो । खेलमा इभोलुसनका बिनोद केवट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बिहिबार तिलोत्तमा-११ भुपूसैनिक र शिवनगर परिवारका बिचमा खेल हुने संयोजक राम बहादुर थापाले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ०२ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय