११ श्रावण २०८३, सोमबार | July 28, 2026

वीरगन्ज, भक्तपुर र ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका खबर आइतबार पनि बिहानैदेखि आइरहेका छन् ।

पछिल्लो खबरअनुसार वीरगन्जस्थित नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटका एक व्यक्तिको निधन भएको छ ।

रौतहट राजपुर, तुल्सीका ४० वर्षीय पुरुषसको बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मधुमेहका रोगी रहेका ती पुरुषलाई गम्भीर प्रकारको कोभिड निमोनिया देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताएका छन् ।

यसैगरी, भक्तपुरमा आफ्नै घरमा ‘होम क्वारेन्टिन’ बसेका एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीका ६५ वर्षीय कोरोना संक्रमितको शनिबार राति आफ्नै घरमा मृत्यु भएको हो ।

ती पुरुष पनि मधुमेहकै रोगी रहेका थिए । घरमै मृत्यु भएपछि भक्तपुर नगरपालिकाले परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।

यस्तै, ललितपुरको पाटन अस्पतालमा अर्का एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

अस्पतालमा उपचाररत २९ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । उनी गत साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : १५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला