४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाथीभरामा धार्मिक र वातावरणमैत्री पूर्वाधारबाहेक अरु केही बन्दैन : चन्द्र ढकाल

'पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ'



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माणले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पाथीभरा देवी केबलकार प्रालि अध्यक्ष समेत रहेका ढकालले पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवर्द्धन मात्र गर्ने बताएका हुन् । उनले केबलकार परियोजनाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने जिकिर गरे ।

ढकालले पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने दुस्प्रचार गरिएको गुनासो गर्दै त्यसको खण्डन गरे । उनले भने, ‘केबलकार निर्माणलाई लिएर विभिन्न तर्क–वितर्क भइरहे पनि परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, धार्मिक पर्यटनलाई सहज बनाउने र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने बाहेक अरु कुनै उद्देश्य छैन ।’

ढकालले केबलकार निर्माणको क्रममा वातावरणीय जोखिम कम गर्न पुरै प्रयास गरिने प्रतिवद्धता जनाए । ‘केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गर्छौ । त्यसरी रोपिएका रुखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्छौ ।’, उनले भने ।

ढकालले माथिल्लो स्टेशनमा शौचालय, अक्सिजन केन्द्र र वृद्धवृद्धा तीर्थयात्रीका लागि सामान्य संरचना मात्र बनाउने भएका कारण त्यहाँको वास्तविक संरचनामा कुनै परिवर्तन नहुने जिकिर गरे । केवलकारले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिनेमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने उनले प्रतिवद्धता जनाए । उनले भने, ‘स्थानीयको रोजगार सुरक्षित राख्दै नयाँ अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो ।’

अध्यक्ष ढकालले सरकाले सर्तसहित दिएको अनुमतिअनुसार नै आफुहरुले काम अघि बढाउने स्पष्ट पारे ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ४ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको