१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

शाइन रेसुङ्गा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा ‘रन टु शाइन’ हुने



बुटवल । आफ्नो १७ औं वार्षिकोत्सबको अवसरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले ‘नेश्नल १० के रन’ गर्ने भएको छ । फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु शाइन’ दौड प्रतियोगिता हुने भएको हो ।
बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि बैकका सिईयो प्रकाश पौडेलले आम नागरिकलाई स्वस्थ्य सचेतना जगाउने गरि पहिलोपटक ठूलो राशीको दौड प्रतियोगिता गर्न लागेको बताए । खुला, स्थानिय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन हुने उनले बताए ।
स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुने प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रुपैया, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैया प्राप्त गर्ने उनले बताए । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको समेत बताए । काठमाडौं बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक भएको उनले बताए ।
प्रतियोगिता संयोजक गर्ने गरि खेलपाटीका सिईयो हिम बिक्रम केसी र बैकका सिईयो प्रकाश पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खेलपाटीका सिईयो हिम बिक्रम केसीले कालिकानगर बैक परिसरबाट शुरु भएर मणिग्राम चोकबाट पुनः बैक परिसरमा समापन हुने उनले बताए । करीब २ हजार जना सहभागी हुने अनुमान रहेको कार्यक्रम आयोजनामा २० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : १९ बजे

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर