१ पुस २०८२, मंगलबार | December 16, 2025

पाल्पामा सवारी दुर्घटनाबाट गुल्मी हुँगाका पाण्डे दम्पत्ति घाइते



पाल्पा । तानसेन तम्घास सडक खण्डको जोगीपानीमा आज भएको सवारी दुर्घटनाबाट एक दम्पत्ति घाइते भएका छन् । पाल्पा तानसेन ११ जोगीपानीमा भएको सवारी दुर्घटनाबाट गुलमी हुँगाका एक दम्पत्ति घाइते भएका हुन् ।

घाइते हुनेमा गुल्मी छत्रकोट १ हुँगा का ३८ वर्षिय प्रकाश पाण्डे र मोटरसाईकल पछाडि सवार मोटरसाईकल चालककी श्रीमती ३१ वर्षिया कमला पाण्डे रहेको प्रहरीले जनाएको छ । गुल्मी पाल्पा सडक खण्डमा हार्थोकदेखि तानसेन तर्फ आउँदै गरेको लु. प्रदेश ०१००१ व ००७१ नम्बरको ईभी गाडि र विपरित दिशाबाट जाँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दम्पत्ति भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

घाइते दम्पत्तिको उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा थप उपचारको लागि श्री एयरको हेलिकप्टरद्वारा ट्रमा सेन्टर अस्पताल काठमाडौं रिफर गरिएको उनले बताए ।

उक्त सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज