२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भक्तपुर बस्ने पाल्पाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आइतबार अपरान्ह मृत्यु भएको छ ।

पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले एक सातामा पीसीआर परीक्षण गरिने बताए ।

श्वासप्रश्वासमा समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

नेपाली सेनाको वीरदल गणका टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिए ।

यसअघि उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका –१ दूधपाटीका ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमै मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।

भक्तपुरमा हालसम्म चार चार महिला र पुरुष सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ५ : १५ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक