२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाँच तारे बन्दै होटल सिटीप्यालेस



नेपालगन्ज । होटल व्यवसायमा आफ्नो शसक्त पहिचान बनाएको नेपालगन्जको होटल सिटी प्यालेसले आफ्नो स्तर उन्नती सहित सेवा सुबिधामा बिस्तार गरेको छ । विसं २०७२ साल असारदेखि नेपालगन्जको धम्बोझीमा सेवा प्रवाह गर्दै आएको होटल सिटी प्यालेसले स्तरउन्नती सहित आफ्‌नो सेवा र सुविधालाई बिस्तार गरेको हो ।

स्तर उन्नतीको जानकारी दिने उद्देश्यले होटल ब्यवस्थापनले पत्रकार सम्मेलन गर्दै विभिन्न स्वाद पारखीका लागि मध्य नजर गरी होटलले थकाली भन्सा , रुफटप , बार सहितको रेस्टुरेन्ट र क्याफेमार्फत सेवा थप गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटलका जनरल म्यानेजर पदम सुवेदीले आतिथ्यताका लागि होटलले थप सहित ९५ वटा कोठा सञ्चालन गर्दै आएको र ती मध्ये ८ वटा स्वीट रुम , २८ सुपर डिलक्स रुम , ३९ डिलक्स रुम र २० स्ट्यान्डर्ड रुमबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिए ।

उनका अनुसार होटलमा जिम , स्वीमिङ्ग पुल , स्टीम , साउना , स्पा , सेभिनर सप , क्यासिनो (नेपाली बाहेकका पाहुनाका लागि), ओपेनस्पेस गार्डेन र अण्डरग्राउण्ड पार्किङ्गको सेवा दिदै आएको छ ।

होटलमा रहेका ४ वटा सभा हलबाट विवाह , व्रतबन्ध , जन्मदिन मनाउन तथा विभिन्न गोष्ठी , सेमिनारको आयोजना गर्न सकिने गरी ६ सय बढी क्षमताको १ वटा सभाहल, २ सय बढी क्षमताको १ वटा सभाहल, १ सय बढी क्षमताको सभाहल १ र ५० बढी क्षमताको सभा हल १ गरी ४ वटा हल उपलब्ध छन् ।

१ अर्वको लगानी रहेको होटलले हाल १ सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलका संचालक लोकेन्द्र अर्यालले बताए । उनका अनुसार होटलले सञ्चालनदेखि आजका दिनसम्म ५ लाख भन्दा बढी पाहुनालाई सेवा दिई सकेको र त्यस मध्य २ लाख बढी सार्क मुलुकका रहेका छन् । मानसरोबर, मुक्तिनाथ र लुम्बिनीलाई लक्षित गर्दै नेपालगन्जमा खुलेका होटल ब्यवसायको राम्रो संभावना रहेको अर्यालले बताए । हाल ४ तारे स्तरमा संचालनमा रहेको होटल सिटी प्यालेसलाई छिट्टै पाँच तारेमा स्तर उन्नती गर्ने गरि तयारी गरिउको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ५४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती