काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको छ ।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकोप्टरमार्फट काठमाडौं ल्याइएको हो ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।
काठमाडौं ल्याउनुअघि अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो ।



















प्रतिक्रिया