१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

बेलुन पड्किएर घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्य भेट्न अस्पताल पुगे राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

शनिबार पोखरामा बेलुन पड्किएर जलन भई आईसियुमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति पौडेल अस्पताल पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

शरीरको अनुहार, घाँटी र हत्केला जलेर पौडेल र आचार्यलाई शनिबार नै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पोमा आगो लाग्दा पड्किएर पौडेल र आचार्य घाइते भएका हुन् । दुवैलाई ४८ घन्टा सघन कक्षमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । दुवैको अवस्था खतरामुक्त रहेको अस्पतालले जारी गरेको नोटिसमा उल्लेख छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ३४ बजे

दीपक मनाङे देउवा कांग्रेस प्रवेश, मनाङमा अधिवेशन गर्ने जिम्मा

काठमाडौं । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको

मध्यपहाडी लोकमार्गको कुश्मा-मालढुंगाखण्ड अवरुद्ध हुँदा बढ्यो सास्ती

पोखरा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन