३ असार २०८३, बुधबार | June 17, 2026

डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने



काठमाडौं ।  चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्।केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्।

केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्।

‘संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाललगायत संसारका विभिन्न देश तथा त्यसका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जनजस्ता क्षेत्रमा नकारात्मक असर पारेको छ भने पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू(राजनीति अस्थिर बनेको छ र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएको छ,’ केसीको विज्ञप्तिमा भनिएको छ।

केसीले अनाहकमा रुसले छेडेको युद्ध व्यहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनकलगायत अन्य छिमेकी राष्ट्रहरुको पनि अस्तित्व खतरामा परेको जनाएका छन्।

‘यस परिस्थितिमा ती निर्णयहरूमाथि पुनर्विचारको लागि ट्रम्प प्रशाशन तथा अमेरिकी नागरिकहरूलाई अनुरोध गर्न यही फागुन ६ गते (मार्च १८ तारिख) अपराह्न ३ः३० बजे अमेरिकी दूतावासनजिक (नारायण गोपाल चोक आसपास) स्थानीय प्रशासनले तोकेको स्थानमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा भाग लिन सबैलाई अनुरोध गरिन्छ,’ केसीले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : १३ बजे

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली