६ बैशाख २०८३, आइतबार | April 19, 2026

नेपालगन्जमा हात्तीपाइलेविरुद्धको औषधि नखानेहरुको संख्या १८.४५ प्रतिशत, आजबाट खुवाउन सुरु



नेपालगन्ज । नेपालगन्जमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु भएको छ ।

वडा नं ८ बाट स्थानीयलाई सो रोगविरुद्ध औषधि सेवन गराई आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आफूले पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जानकारी दिँदै औषधि ढुक्क भएर सेवन गर्न आग्रह गरे ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह गर्दै औषधि सेवन गर्न नआएकालाई घरघरमा पुगेर पनि औषधि सेवन गराइने बताए । बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत नपुगेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको डुडुवा र नरैनापुरमा यही फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको प्रमुख शाहीले जानकारी दिए । बाँकेमा कुल दुई लाख ५७ हजारभन्दा बढीलाई सो औषधि खुवाइनेछ ।

नेपालगन्जमा एक लाख ६४ हजार ९६, डुडुवामा ४२ हजार १७४ र नरैनापुरमा ४२ हजार ३६९ र बैजनाथको ४ नं वडामा आठ हजार ९६२ गरी कुल दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : २३ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका