३ असार २०८३, बुधबार | June 17, 2026

एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्छ : प्रधानमन्त्री ओली



दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन् ।

यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिए । “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उनले भने, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।”

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताए । उनले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताए ।

सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताए । मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताए ।

लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताइन् । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले आजै दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको अवलोकन गरेका छन् । आज विमास्थलको अवलोकन गर्दै उनले विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

“यस वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको छैन । आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गर्नेछौँ”, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीसँगै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायतले विमानस्थल अवलोकन गरे ।

आजै प्रधानमन्त्री ओलीले तुलसीपुरस्थित कोमल रिसोर्टको पनि उद्घाटन गरे । राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले उक्त रिसोर्ट सञ्चालनमा ल्याएकी हुन् ।

प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्केका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ४८ बजे

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान