१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९-०८०)’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, मन्त्री भण्डारीले ‘विद्युतीय व्यापार (इ-कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : १० बजे

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न, उच्च शिक्षामा सुधार र भविष्यका चुनौतीमाथि गम्भीर बहस

बुटवल । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, तिलोत्तमा-रूपन्देहीले आफ्नो दोस्रो वार्षिकोत्सव विविध