१४ असार २०८३, आइतबार | June 28, 2026

१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप



काठमाडौं । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ २२ गतेदेखि सुरु भएको खोप अभियान मंगलबार सकिएको छ ।

अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।

मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरु नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालय सुरु हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ प्रतिशत किशोरीले खोप लगाइसकेका छन् । छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  २ : २४ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)