२० माघ २०८२, मंगलबार | February 3, 2026

नक्कली सुन बेचेर ठगी गर्ने २ जना पक्राउ



काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल भक्तपुर ठिमी बोडे डेरा गरी बस्ने ६२ वर्षीय धनजित तामाङ र बाह्रबिसे नगरपालिका(- घर भई बोडे नै बस्ने ४८ वर्षीय दलबहादुर तामाङ रहेका छन्।

दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं कागेश्वर मनोहरा नगरपालिका(६ मुलपानीबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट एक किलो नक्कली सुन बरामद भएको आचार्यले बताए।

पक्राउ परेकाहरुले नक्कली सुन बेचेर सर्वसाधारणलाई ठग्दै आएको प्रहरीले जनाएको छ । ‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’

धनजित यसअघि ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसरबाट पक्राउ परेका व्यक्ति हुन्। उनीहरू दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : २० बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज