२१ मंसिर २०८२, आइतबार | December 7, 2025

शनिबारदेखी बुटवलमा जी.बी. कोइरालाको स्मृतिमा महिला भलिबल प्रतियोगिता हुँदै



बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालको स्मृतिमा शनिबारदेखि बुटवलको सिद्देश्वरी मैदानमा छात्राहरुको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जी.बी. कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा १३ औं संस्करणको महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

नेपाली काङ्ग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा २ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता बारे जानकारी दिन विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका सदस्य तथा खेल संयोजक बाबुराम वि.क.ले जिल्लाका १६ विद्यालयबाट सहभागिता रहने निश्चित भइसकेको बताए । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा आयोजना हुने प्रतियोगितामा विजेताले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

यसैगरी उपविजेता समुहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने समुहले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले जानकारी गराए । यसैगरी विधागततर्फ उत्कृष्ट एक जना र अनुशासित खेलाडीलाई समान १ हजार ५ सयका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए । सामुदायिक र संस्थागत विद्यालयलाई फरक-फरक समुहमा विभाजन गरी अन्तिम चारमा पुग्ने समुह मध्येबाट फाइनल पुग्ने समुहको टुङ्गो लगाइने उनले बताए । नकआउटका आधारमा खेलाइने उक्त खेलमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई फरक-फरक पोलमा राखेर खेलाउँदा दुबैतर्फका विद्यालयको समान पहुच हुने भएकाले नयाँ ढंगबाट खेलाउन लागिएको उनले जानकारी दिए ।

मुलुकमा बहुलवाद स्थापना तथा १० वर्षे युद्धलाई अन्त्य गरी मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन तत्कालिन काँग्रेस सभापति स्वर्गीय कोइरालाले खेलेको भूमिकाको स्मरण गर्दै प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले उनको सम्मान प्रतियोगिता आयोजना गरिएको जानकारी गराए । ‘हिंसामुक्त र शान्तिपूर्ण उन्नत समाज निर्माण हाम्रो अभियान’-भन्ने मूल नारासहित प्रतियोगिताका आयोजना गरिएको उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : २५ बजे

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालनमा

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी