३ पुस २०८२, बिहिबार | December 18, 2025

‘उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गरिने’



काठमाडौं भदौ १५ गते । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग,साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

भट्टराईले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए । उनले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चिनियाँ, अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरे ।

मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए । उनले भने, ‘ विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्नुपर्छ ।’

मन्त्री भट्टराईले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल,टेकिङ सिमसार,म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री बनाउनुपर्ने बताए ।

मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकीय क्षेत्रका वृत्तचित्र लगायत सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले कोभिडका कारण पर्यटन ब्यवसायी,पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिए ।

उनले विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसग नेटवक विस्तार गर्न समेत आग्रह गरे ।

कोभिड १९ ले सवैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिड पछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत सुझाव दिए ।

छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धन्नजय रेग्मीले आर्थिक बर्ष २०७६/७७ को प्रगति र ७७/०७८ का कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : ०६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका