३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, बाँदर र बँदेलको ‘आतंक’ बारे छलफल हुँदै



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ पेस गर्ने कार्यसूची छ ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सांसद् शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा संघीय र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले सेवाबाट वञ्चित हुने अवस्था आएको जानकारी गराउने छन् ।

अस्पतालबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गगराउने कार्यसूची रहेको छ ।

उक्त प्रस्तावमा दयाल बहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् । सांसद राजेन्द्र बजगाईंले नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल)को आतंकबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएको जानकारी गराउनेछन् ।

उक्त समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त प्रस्तावका समर्थक उदय शंशेर जबरा र संजयकुमार गौतमले समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ४९ बजे

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना

चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने

पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको