११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोना संक्रमित गोर्खाकी महिलाको विरेन्द्र अस्पताल छाउनीमा निधन



पोखरा । कोरोना संक्रमणबाट गोरखाका एक महिलाको निधन भएको छ ।

विरेन्द्र अस्पताल छाउनीमा उपचाररत गोरखाको आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनएको छ ।

काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा गत भदौ १३ गते राति ११ः४८ बजे भएको उनको मृत्यु भएको थियो ।

उनलाई गत भदौ ४ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

ती महिलामा हाइपोथाइरोडिजम तथा मिर्गौलाको रोग देखिएको पनि निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म १४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ७ : २० बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय