६ श्रावण २०८३, बुधबार | July 22, 2026

पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन- प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् ।

विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् । उनले जनताको चेतना, आन्दोलन र परिस्थिति धेरै अगाडि बढिसकेको भन्दै उनले अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई कसैले बोल्न लगाएको हुनसक्ने बताउदै प्रचण्डले भने- ‘छैन, पूर्वराजालाई मैले कुनै महत्व दिएको पनि छैन, उनले बोले, मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहासबाट अगाडी बढिसक्यो, जनताको चेतना, आन्दोलन, परिस्थिति अगाडी बढिसक्यो, कसैले बोल्न लगाएको होला, नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन, यो देशमा फेरी राजतन्त्र फर्किने भन्ने कुरा सम्भव छैन ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ४२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज