३ पुस २०८२, बिहिबार | December 18, 2025

३ विदेशी महिलाले मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुन बरामद



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् । उनीहको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको बताइएको छ। तर पुरूषको साथबाट भने केही बरामद नभएको प्रहरीले बताएको छ। अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : ३६ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको