१६ भदौ २०८३, मंगलबार | September 1, 2026

३ विदेशी महिलाले मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुन बरामद



काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् । उनीहको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको बताइएको छ। तर पुरूषको साथबाट भने केही बरामद नभएको प्रहरीले बताएको छ। अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : ३६ बजे

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य