३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा



काठमाडौँ । मधेस प्रदेशबाहेक देशका अधिकांश भु-भागमा आज वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ । ती प्रदेशका धेरै ठाउँमा हल्ला र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो ।

बागमती प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उनले बताए । कोशीका थोरै भूभागमा पानी परेको छ । आज राति पनि ठाउँठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए ।

महाशाखाका अनुसार आज रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ ।

मौसमविद् पुडासैनीले भने, “भोलि आजभन्दा केही कम छ तर बदली चाहीँ छ, भोलि काठमाडौँमा आजभन्दा केही सुधार मात्रै छ, दिउँसोतिर फाट्टाफुट्ट पानी पर्नसक्छ, मधेशमा बदली मात्रै छ, पर्सी आइतबारबाट खुल्छ ।”

कुन ठाउँमा कति पानी प(यो

उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।

त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा उपत्यकामा भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १० : ०८ बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा