२२ चैत्र २०८२, आइतबार | April 6, 2026

७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुन्छ : सामाजिक विकासमन्त्री तिमिल्सिना



तिलोत्तमा । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुने बताएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजनाले शनिवार तिलोत्तमामा आयोजना गरेको सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिंसा विरुद्ध सचेतना मुलक कार्यक्रममा बोल्दै उनले त्यसबाहेक २३ प्रतिशत घटना घरकै अन्य सदस्यबाट हुने गरेको तथ्यांकले बताउने जनाए ।

उनले लैंगिक हिंसा विरुद्धको अभियानमा महिलाको उत्साहजनक सहभागिताले महत्व राख्ने बताएका छन् । लिंगका आधारमा हुने विभेद अन्त्यका लागि लुम्बिनी प्रदेश सरकार लागिरहेकाले यसबारे महिलामा जागरुकता आवश्यक रहेको बताए । विशेषत : महिला माथि घरबाटै हुने हिंसाको अन्त्य नै महिला समुत्थानको कडी भएको मन्त्री तिमिल्सिनाले बताए ।

आन्तरिक रुपमा हिंसा व्यहोरीरहेका महिलाले आफूलाई परेको अन्याय विरुद्ध कति आवाज उठाउंछन् र पुरुषकै कारणले मात्र महिला हिंसामा परेको वा महिलाका कारणले मात्र पुरुष हिंसामा परेका छन् रु भन्ने विषयबारे जान्न समेत जरुरी रहेको उल्लेख गरे । मन्त्री तिमिल्सिनाले हिंसा हुनुमा महिला अशिक्षित हुनु, सानै उमेरमा विवाह हुनु र पारिवारिक दबाबले हुने विवाह आदि कारणका रुपमा देख्न सकिने जनाए ।

तिलोत्तमा नगरपलाीकाका प्रमुख रामकृष्ण खांणले लैंगिक हिंसा विरुद्धका यस्ता कार्यक्रम समाजका लागि प्रभावकारी रहेको बताए । उनले महिलालाई आत्मनिर्भरताको बाटोमा ल्याउन सकियो भने हिंसा न्युनिकरणमा यसले पनि भूमिका खेल्ने जनाए । ‘हामी जनप्रतिनिधी लैंगिक हिंसा हुनुहुंदैन भन्ने जागरुकता ल्याउन पटक पटक कार्यक्रम गरेरै छलफल गर्छौं, महिलाका कुरा सुन्छौं, हिंसा कमगर्ने माध्यम पहिचान गर्नतर्फ ध्यान दिन्छौं ।’ उनले भने, ‘प्रयास गरिराखिएको हुन्छ, तर सम्भावना सबैले पहल गरेर मात्रै हुने भएकाले साथ, सहयोग चाहिन्छ ।

उपप्रमुख जगेश्वर देवी चौधरीले पालिकालाई लैंगिकमैत्री बनाउनका लागि हरेक तहसँग छलफल गरेर सुचक तयार गरिसकेको जनाइन् । उनले संघीय र प्रदेश सरकारसँग नै लैंगिकमैत्री सुचक नभएका बेला तिलोत्तमाले आफूले सुचक बनाएर स्वीकृति लिई यो आर्थिक वर्षमा तिलोत्तमालाई लैैंगिकमैत्री बनाउने तयारी गरेको बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, महिला विकास अधिकृत सम्झना सुवेदी, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ईन्द्र बहादुर राना लगायतले लैंगिक विभेद किन र कसरी हुन्छन् ?, घटना बारे प्रहरीकहाँ जानकारी गराउन के गर्नुपर्छ ? महिलामाथि बढीरहेको हिंसा रोक्न महिलाको भुमिका कस्तो हुने ? जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ३८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको