२० भदौ २०८३, शनिबार | September 6, 2026

प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित लागु औषध ट्रामाडोल सहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरको टोलीले भारतबाट नेपाल भित्राईँदै गरेको नेपालमा प्रतिबन्धित लागु औषध  ट्रामाडोल ५०० पत्ता (५००० ट्याब्लेट)  सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगर १६ मा बस्ने २४ वर्षिय नफिस अहमद कबडिया, भारत कलकत्ता घर भई हाल जिल्ला बाँके नेपालगंज १० ट्राफिक चोक बस्ने ३८ वर्षिय जियाउल शेष र नेपालगन्ज १० का स्थानीय १८ वर्षिय सद्दाम सैवाद रहेका छन् । कबडियाले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ३ जना चढेर नेपाल आउँदै गरेका शेष र सद्दाममाथि शंकाका आधारमा चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध फेला परेको प्हरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनमाथि प्रतिबन्धित लागु औषध ओसार पसार कसुरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीलले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ०४ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा