२० असार २०८३, शनिबार | July 5, 2026

नक्कली नोट र लागु औषधको गिरोह प्रहरीको फन्दामा, कोहलपुरबाट अफिम र नक्कली नोट सहित पत्रकार पक्राउ

१२ लाख बढी नक्कली नोट र ३० किलो बढी अफिम बरामद



कोहलपुर । नक्कली नोट र १९ किलो अफिम सहित कोहलपुरबाट प्रहरीले आफुलाई पत्रकार बताउने एकजना र एक महिला पक्राउ गरेको छ ।

सुर्खेतबाट खटिएको लागु औषध अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रालिबाट १ हजारका ५१ थान नक्कली नोट र १९ किलो अफिम सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोट घर भएका आफुलाई अनलाईन टिभी पत्रकार भन्ने मान बहादुर शाही (सहकारी) र बाफेकोट नपा वडा न १० रुकुमकी सपना पुन रहेका छन् । सहकारी अनलाइन टिभि पत्रकार लुम्बिनीका सहसचिव रहेको बताइएको छ ।

सुर्खेत र छिन्चु गरी ३ जना र बाँके जिल्ला स्थित कोहलपुर गरी कूल ४ जनालाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव श्रेष्ठले बताए । पक्राउ परेकाहरुलाई अहिले केहीबेरमा सुर्खेत प्रहरीले सार्वजनिक गर्ने उनले जानकारी दिए । उनका अनुसार नियन्त्रण लिएका मध्ये १ जना महिला समेत छिन।

कर्णाली प्रदेश प्रहरीका अनुसार सुर्खेत र छिन्चुबाट १२ लाख ४९ हजार र ११ किलो अफिल तथा कोहलपुरमा १९ किलो अफिम र ५१ हजार  नक्कली नोट फेला परेको हो । तस्वीर सौजन्य : साहारा टिभी खबर

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ४८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी