२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाँकेमा कोरोनाबाट मृत्यु दर ० दशमलब ५८ प्रतिशत, संक्रमित थपिने तुलनामा निको हुने बढी



नेपालगन्ज । सोमबार ४१ जना नयाँ संक्रमित थपिएको बाँकेमा मंगलबार १६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज डिस्चार्ज भएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या ७ सय ४६ पुगेको छ ।

विभिन्न आईसोलेशनमा बसेका उनिहरुलाई आज बिहानै देखि डिस्चार्ज गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए । आज डिस्चार्ज हुनेहरुको भाद्र २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरीएको थियो । श्रेष्ठका अनुसार आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई पीसीआर परीक्षण नगराई डिस्चार्ज गर्ने गरिएको छ ।

बाँकेमा हालसम्म १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भइसकेको छ । विभिन्न आइसोलेसनमा २ सय ९१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएको फोकलपर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने दर ७१ दशमलव ५२ प्रतिशत रहेको छ । संक्रमणमुक्त हुनेको तुलनामा बाँकेमा बिरामीको मृत्यु दर ० दशमलव ५८ प्रतिशत रहेको छ भने जिल्लामा रोग प्रकोप दर ० दशमलव १७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १० : ३३ बजे

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण