१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

तिलोत्तमा १ नयाँमिलमा कार र मोटरसाइकल ठोक्किँदा शान्ति स्कुलका विद्यार्थीको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा मोटरसाइकलमा सवार शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार बुटवलबाट आउँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि गँभिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको हो ।

कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ । विद्यार्थीको सडक दुर्घटनामा परि निधन भएपछि विद्यालयले आज एक दिनका लागी शोकस्वरुप विद्यालय बन्द रहने जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : ५२ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि