२१ मंसिर २०८२, आइतबार | December 7, 2025

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि सुरु, सबै खेल लुम्बिनी प्रदेशमा हुने



बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आजदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।

पीएम कपका खेलहरू सिद्धार्थ रङ्गशाला, भैरहवा, एक्स्ट्राटेक ओभल, तिलोत्तमा र देउखुरी क्रिकेट स्टेडियम, दाङमा हुने छन् । प्रतियोगिताको पहिलो दिन आज सिद्धार्थ रङ्गशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् । यसैगरी एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब तथा देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।

खेलहरू सिङ्गल राउन्ड रोबिनका आधारमा खेलाइनेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले तीन पटक तथा एपीएफ र त्रिभुवन आर्मीले दुई-दुई पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ०१ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन