२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बुटवल उपमहानगरपालिकाको सहयोगमा एक महिने ग्राफिक डिजाइन कम्प्यूटर तालिम



बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा मुद्रण उद्योग संघ, रुपन्देहीको आयेजनामा बुटवलमा एक महिने ग्राफिक डिजाइन कम्प्यूटर तालिम सुरु भएको छ । सोमवार तालिमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुख पाण्डेले विश्वमा दु्रतगतिमा भैरहेको प्रविधिको विकासलाई आत्मसाथ गर्दै त्यसलाई प्रयोग र उपयोग गर्न सकिएन भने मुद्रण व्यवसाय फस्ट्याउन नसक्ने बताए ।

उनले उपभोक्ताहरुले सधै नयाँ शैली र डिजाइनको चाहाना गरेको हुन्छ त्यसलाई पुरा गर्न हामीसंग सिपयुक्त जनशक्ति जरुरी हुने हुदा त्यसमा स्थानिय सरकार सहयोगी बनेको धारणा राखे । उनले तालिमबाट परिणाम निकाल्न आग्रह गर्दै बुटवलको मुद्रण व्यवसायको संरक्षणका लागि छपाईमा गुणस्तर कायम गर्न ध्यान केन्द्रीत गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद पराजुलीले नेपालको मुद्रण क्षेत्रले प्राविधिक जनशक्तिको अभाव व्यहोर्नु परेको बताउदै त्यसलाई कम गर्नका लागि यस प्रकारको तालिमको आयोजना गरेको हुदा त्यसको सहि सदुपयोग गर्न आग्रह गरे ।

सघंका लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम घिमिरेले मुद्रण व्यवसायमा नयाँ नयाँ प्रविधिले चुनौति थप्दै गएको हुदा त्यसको समाधानका लागि सिप विकासमा जोड दिनु पर्ने बताउदै तालिमलाई उपलब्धि मुलक बनाउनेमा ध्यान दिन अनुरोध गरे ।

सो अवसरमा संघका जिल्ला अध्यक्ष पशुपति पौडेलले मुद्रण क्षेत्रमा रहेको प्राविधिकहरुको अभाव परा गर्न तालिमको आयोजना गरेको जनाकारी दिए । उनले व्यवसायमा देखिएका चुनौतिहरु हटाउदै व्यवसाय प्रवद्र्धन र संरक्षणका लागि व्यवसायिक एकता र गुणस्तर कायम गर्न सबैलाई जोड दिए ।

कार्यक्रममा संघका सल्लाहकार डिल्लीनारायण पाण्डे, निर्वमान अध्यक्ष लिलाधर लुइटेल, सचिव राजु घिमिरे लगायतले बोलेका थिए । तालिममा हव आईटी ग्रुप प्रा।लि, बुटवल मिलनचोकले सहजिकरणको भूमिका निर्वाह गर्ने छ । तालिममा रुपन्देहीमा रहेका प्रेसमा कार्यरत तथा नयाँ ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेका छन ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ४६ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि