२३ भदौ २०८३, मंगलबार | September 9, 2026

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य



भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेस दासको दमदार ब्याटिङ्गमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेसले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो । ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए । सुरुदेखि बलियो देखिएको मधेसलाई हरिशंकर साहले राम्रै साथ दिए । प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे । विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दिपेस दासले थप रन जोडे ।

पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । त्यसैगरी दिपेस दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे । बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २र२ विकेट र फिरदोस अन्सारी तथा दिपेस कँडेलले १ विकेट लिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ५८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी