८ पुस २०८२, मंगलबार | December 23, 2025

संविधानमा लेखिएपनि राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारीक कार्यान्वयन भएन : पूर्व उपसभामुख सुवेदी



नेपालगन्ज । संविधानसभाकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताएकी छन् । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्लव अन्र्तगत आज नेपालगन्जमा गरेको कार्यक्रममा बोल्दै सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताइन् । सुवेदीले राजनिती मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुुनुपर्ने धारणा राखिन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव कार्यक्रममा सुनाएकी थिइन् । युद्धको बेला गोली कानको छेउबाटै जादा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण उनले सुनाइन् ।

पत्रकार तथा राजनीतिक महिलाहरु बीच उनले संघर्षका कथा सुनाउनुका साथै सहभागिहरुले गरेका प्रश्नको जवाफ समेत दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबीन गिरीले कुनै पनि व्यक्तिको संघर्षको कथाले समाजमा उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जिवनमा सफलता ल्याउने बताए । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले यस्ता कार्यक्रमनिरन्तर हुनआवश्यक रहेको बताइन् ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदानगर्नु, नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका बिषयबस्तु माथि पैरबी गर्नु कार्यक्रमको उदेश्य रहेकोे बताइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : २० बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना