६ श्रावण २०८३, बुधबार | July 22, 2026

संविधानमा लेखिएपनि राजनीतिमा महिला नेतृत्व अझै पनि व्यवहारीक कार्यान्वयन भएन : पूर्व उपसभामुख सुवेदी



नेपालगन्ज । संविधानसभाकी पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यहारिक कार्यान्वयनमा जटिलता रहेको बताएकी छन् । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्लव अन्र्तगत आज नेपालगन्जमा गरेको कार्यक्रममा बोल्दै सुवेदीले संविधानले तोकेको अधिकार समेत नपाउनु दुःखद भएको बताइन् । सुवेदीले राजनिती मात्र नभई सबै स्थानमा महिला सहभागिता निर्णायक हुुनुपर्ने धारणा राखिन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय सुवेदीले जनयुद्धको अनुभव कार्यक्रममा सुनाएकी थिइन् । युद्धको बेला गोली कानको छेउबाटै जादा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण उनले सुनाइन् ।

पत्रकार तथा राजनीतिक महिलाहरु बीच उनले संघर्षका कथा सुनाउनुका साथै सहभागिहरुले गरेका प्रश्नको जवाफ समेत दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबीन गिरीले कुनै पनि व्यक्तिको संघर्षको कथाले समाजमा उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जिवनमा सफलता ल्याउने बताए । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले यस्ता कार्यक्रमनिरन्तर हुनआवश्यक रहेको बताइन् ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदानगर्नु, नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका बिषयबस्तु माथि पैरबी गर्नु कार्यक्रमको उदेश्य रहेकोे बताइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : २० बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय