११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

देशका अधिकांश भागमा आज मौसम सफा रहने



काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाउँदै महाशाखाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ०२ बजे

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकों मूल्य घटेको छ

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट

थापाथली सुकुम्बासी बस्तीमा प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका स्थानीयले