१ पुस २०८२, मंगलबार | December 17, 2025

होली पर्वलाई परिष्कृत गर्न बाँके प्रहरीको आग्रह



नेपालगन्ज । होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लावासीलाई मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ । होली पर्वको शुभकामना जारी गर्दै बाँके प्रहरीले सभ्य रुपले होली मनाउन आग्रह गरेको हो ।

बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिगतदेखि बनाउँदै आएको होली पर्वलाई परिमार्जन र परिस्कृत गर्न आग्रह गरेका छन् । उनले होली पर्व सदभाव कायम गरि मान्न र मनाउन आग्रह गर्दै पर्वले उत्साह, उमङ्ग र नयाँ अठोट सृजना गर्नुपर्नेमा कतिपय अवस्थामा विगतमा त्यस्तो नभएको उल्लेख गरेका छन् । एसपी कार्कीले कसैको इच्छा विपरित रङ लगाएमा, अरु कसैको धर्म, भाषा र संस्कृतिमा असर पुग्ने कार्य गरेमा र मर्यादा बाहिर गएमा कानुनको दायरामा ल्याइने बताएका छन् ।

मादक पदार्थ सेवन गरेर अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यदि त्यस्तो गलत गतिविधि गरेको देखिएमा तुरुन्तै प्रहरी कन्ट्रोलको १००, जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताको ९८५८०२३९२२ मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन बाँके प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष