४ पुस २०८२, शुक्रबार | December 19, 2025

पीएम कपमा आज तीन खेल हुँदै



काठमाडौं ।लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै आ(आफ्नो पहिलो खेल जितेर विजयी शुरुवात गरेका छन् ।

त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मीले आफ्ना दुवै खेलमा जित हासिल गरेर उत्कृष्ट शुरुवात गरेको छ भने कर्णालीले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुदै छ । सिद्धार्थ रंगशालामा हुने यो खेलमा बिहान ९ बजेदेखि शुरु हुने छ । गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका २(२ खेलमा एक एक जित र एक एक खेलमा हार बेहोरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ७ : १५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज