३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

पाथीभरा केबलकार : गृह मन्त्रालयले फेरि बोलायो आन्दोलनकारीलाई वार्तामा



काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएको अवस्थामा सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई वार्ता टोलीका संयोजक रहेका छन्। सरकारले वार्ता र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानका लागि वार्ताको आह्वान गरेको उनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

गत माघ २२ गतेयता वार्ता समितिले आन्दोलनरत् समूहसँग संवाद गरिरहेको छ। तर, आन्दोलनरत् पक्षले कर्मचारीसँगको समितिसँग नभएर राजनीतिक नेतृत्वसँग सिधै वार्ता गर्ने अडान राखेका छन्।

गृहमन्त्री रमेश लेखकले उनीहरूसँग सिधै आफू वार्ता गर्न इन्कार गरिरहेका छन्। गृह मन्त्रालयमा लेखकले ताप्लेजुङका सांसदहरूसँग छलफलसमेत गरिरहेका छन्। ‘तर, नतिजा सकारात्मक देखिएको छैन, आन्दोलनरत् पक्षले सिधै मन्त्रीसँग वार्ता गर्ने अडान यथावत् राखेको छ,ु गृहका एक अधिकारीले भने।

सरकार केबलकार जसरी पनि साकार पार्ने पक्षमा छ। त्यसका लागि उसले आवश्यक सबै उपाय अपनाउने रणनीति बनाइरहेको छ।

आन्दोलनरत् पक्षले पाथीभरा मुकुम्लुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै यसलाई आफ्नो संस्कृतिसँग जोडेर आन्दोलन गरिरहेका छन्।

काफ्लेपाटीमा गत कात्तिक २४ गते केबलकार निर्माणको शिलान्यास गरिएको थियो। ताप्लेजुङको फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २।७५ किलोमिटर केबलकार निर्माण भइरहेको छ। यसको लागत तीन अर्ब रहेको बताइएको छ।

पहिलो पटक पाथीभरामा केबलकार निर्माणका लागि २०५४ मा कञ्चनजंघा केबलकार प्रालि दर्ता गरिएको थियो। त्यसपछि ध्रुवनारायण श्रेष्ठले २०७२ मा पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरेका थिए। त्यस्तै, पाथीभरा पुग्ने केबलकार बनाउन संघाई ग्रुपका सुभाष संघाईले त्रिवेणी केबलकार कम्पनी पनि दर्ता गरेका थिए।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दिएको थियो। त्यसपछि श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनीको स्वामित्व यती समूहले लिएको थियो।

यती समूहले यस कम्पनीको स्वामित्व आइएमई ग्रुपलाई बिक्री गरेसँगै यसमा हाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र ढकालको केबलकारमा इन्ट्री भएको हो।

ढकाल अहिले देशभर विभिन्न केबलकार बनाउने परियोजना अगाडि बढाइरहेका छन्। उनले पहिलो पटक चन्द्रागिरी केबलकार बनाएका थिए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ३ : १५ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा