१ चैत्र २०८२, आइतबार | March 15, 2026

कालिका मानवज्ञान माविमा ‘कालिका संसद’



बुटवल । बुटवल उपमहानरपालिका वडानम्बर १० मा रहेको कालिका मानवज्ञान माविका कानुन संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् । शनिवार कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा नमुना संसद अभ्यास गरिएको हो ।

समाजका अध्यक्ष सन्जोग न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका शैशिक्षक सल्लाहकार तथा पुर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्प प्रमुख घनश्याम पाठक, बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविकापुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम ज्ञवालीको विशिष्ठ आतिथ्ययता रहेको थियो । कार्यक्रममा विद्यालयका सह प्रध्यानाध्यापक पिताम्बर बन्जाडे, व्यवस्थापन ईन्चार्ज शेरचन्द गिरी कानून तथा माविकी संकाय ईन्चार्ज विमल आत्रेय सहितका कानुन संकाय संयोजक युवराज कन्डेलको समेत आतिथ्यता सरेको थियो ।

विद्यालयका शिक्षक अधिवक्ता दामोदर घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले नमुना अभ्यास अन्र्तगत प्रधानमन्त्रीको चयन, संसादमा विधेयक दर्ता देखि लिएर पारि गर्ने देखि लिएर संसदको सुन्य र विशेष समयमा समसामयिक विषयमा आ आफ्नो धाराण राखेका थिए ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा संमन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले पछिल्लो समयमा कानून विषय सबैको लागि अनिवार्य आवश्यकता जस्तै भएको बताएका थिए । उनले कानून व्यवहारिक विषय समेत भएकोले विद्यार्थीहरुले गरेको नमुना अभ्यास आफैमा गौरवपूर्ण भएको बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बोल्दै व्यवहारिक अभ्याससंगै कालिका मानवज्ञान मावि अगाडी बढिरहेको बताउँदै सबैको साझा प्रयासबाट विद्यालयको नतिजा सुधार देखि लिएर सबै क्षेत्रमा कायपलट गर्न सकिने धाराणा राखेका थिए ।

विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यार्थीहरुको अभ्यास कला विकासको लागि यी र यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनले कानून विषय आफैमा व्यवहारिक रहेको भन्दै यसको महत्व पछिल्लोसमयमा अझ बढ्दै गएको बताएका थिए । कार्यक्रममा राष्ट्रपतिको भुमिका दिया आचार्य, सभामुखको भूमिका काजल पाण्डे, प्रधानन्त्रीको भूमिका विवस पाण्डे, प्रदेश सभा सचिवको भुमिका सदिक्षा भट्टराई, उप सचिव विन्दु पौडेलले निर्वाह गरेका थिए ।

विद्यार्थीहरुले शुन्य समयमा विविध समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । भने विशेष समयमा समेत समसमायीक विषयमा आ आफ्नो धाराणा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : १५ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी