काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ ।
सामाजिक सञ्जाल र केहि मिडियामा माओवादी केन्द्र सरकारमा जादै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।
प्रचण्डको सचिवालयले भ्रष्टाचार बिरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर(घरमा गई जनतासंग हातेमालो गर्दै अघि बढिरहेको नेकपा माओवादी केन्द्रको अभियानबाट आत्तिएर पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जॉदैछ’ भन्ने बेतुकको हल्ला बजारमा चलाईएको जनाएको छ । सरकारमा जाने हल्लाको बिल्कुलै सत्यता नरहेको स्पष्ट पार्दै माओवादीले पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराएको छ ।



















प्रतिक्रिया