२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बालसुधार गृहमा लफडा गर्ने उमेर पुगेका बालबन्दी विरुद्ध थप मुद्दा चलाउने तयारी



नेपालगन्ज । पटक पटक बालसुधार गृहमा रहेका बालबन्दीहरुले तोडफोड र आगजनी गर्नथालेपछि सुधारगृहमा रहेका तर १८ वर्ष नाघेका बालबन्दीमाथि मुद्दा चलाइने भएको छ । जयेन्दु बालसुधार गृहमा झपड, तोडफोड, आगजनी, लुटपाट गर्ने उमेर पुगेका बालबन्दीहरु विरुद्ध स्थानीय प्रशासनले अर्को मुद्दा चलाउने भएको हो । प्रशासनले सोही अनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ ।

शुक्रबार राती भएको झडपमा संलग्न मध्य ४० जनालाई नौबस्ता बालसुधार गृह पठाएको छ भने मुख्य झडपका सुत्राधर मानिएका २४ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । हिंसामा उत्रिएकाहरुका बारेमा अनुसन्धान गर्ने र झडप, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई थप मुद्दा लगाउने गरि कारबाही प्रक्रिया अघि बढेको बाँके प्रहरीका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।

शुक्रबार रातीदेखि भएको झडपमा घाइते भएका सबै जना आज डिस्चार्ज भएका छन् । प्रहरीले केही दिन अघि तीन जना प्रहरीलाई कुट्ने ५ जना, शुक्रबार र शनिबार बालसुधार गृहमा झडप, तोडफोड, आगजनी र गाउँमा गएर पसल लुट्नेलाई कसुर अनुसारको कारबाहीका लागि कारागार विभागमा पत्र पठाउने तयारी गरेको उनले बताए । अनुसन्धानबाट झपड, तोडफोड, आगजनी, लुटपाट गर्ने कार्यमा संलग्नहरुको ठहर गरि म्याद थपेर मुद्दा चलाइने डीएसपी पतालीले बताए ।

१८ वर्ष उमेर पुगेका जतिलाई नौबस्ता र जिप्रकामा राखिएपछि बालसुधार गृह शान्त रहेको प्रहरीले जनाएको छ । बाल सुधार गृहमा २ सय ५५ बालबन्दी राखिएको थियो । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए भने सुधारगृह नजिकैको स्थानीयको पसलमा लुटपात समेत भएको थियो । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बताए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दा सम्म भन्दै बसाउँदा सधै लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ४७ बजे

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक