२४ भदौ २०८३, बुधबार | September 10, 2026

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा प्रतिक पोखरेल चयन



बुटवल । लायन्स क्लब अफ बुटवल र लायनेस क्लब अफ बुटवलको सोमबार सम्पन्न संयुक्त निर्वाचन तथा भेलाले वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । भेलाले प्रतिक पोखरेलको अध्यक्षतामा लायन्स क्लब अफ बुटवलको नेतृत्व चयन गरेको हो भने लक्ष्मी श्रेष्ठको अध्यक्षतामा लायनेस क्लब बुटवलको नयाँ नेतृत्व चयन गरेको हो ।

लायन्स क्लब अफ बुटवलका लागि बासुदेव श्रेष्ठ प्रथम उपाध्यक्ष, रोशन कुमार श्रेष्ठ द्वितीय उपाध्यक्ष, आनन्द वडा तृतीय उपाध्यक्ष, उमेश अमात्य सचिव श्याम प्रसाद देवकोटा कोषध्यक्ष तथा बिकास पालिखे सह सचिवमा चयन भएको प्रमुख निर्वाचन अधिकृत सन्जय जयसवालले जानकारी दिए ।

यसैगरी ज्ञानेन्द्र श्रेष्ठ, प्रदिप शाक्य, पवन कुमार श्रेष्ठ, दिनेश कुमार प्रधान, विन्दुलाल श्रेष्ठ, रामप्रसाद गैरे, जिवनबाबु श्रेष्ठ, अनिल गंगोल निर्देशक चयन भएका छन् । अनिश कशौधन लेट ट्वीस्ट, गोविन्द श्रेष्ठ टेमर तथा निरज लाकौल क्लब मार्केटिङ एण्ड कम्युनिकेशन चेयर पर्सन चयन भएका छन् ।

लायनेस क्लब तर्फ विनु जोशी प्रथम उपाध्यक्ष, मनिषा बज्राचार्य द्वितीय उपाध्यक्ष, सिता ध्वजु तृतीय उपाध्यक्ष, गंगा पन्थी सचिव, राधिका शाही कोषाध्यक्ष तथा कामना वझा सहसचिव पदमा निर्वाचित भएका छन् । निर्देशक सदस्यहरुमा रामा राजभण्डारी, सारदा श्रेष्ठ, विमा श्रेष्ठ, स्वरुपा कसजु, निरन्ता अमात्य, सारदा जोशी, पवि ढुंगाना र मुना राना रहेका छन् । लेट ट्वीस्टमा तुल्सी श्रेष्ठ, टेमरमा विष्णु श्रेष्ठ र क्लब मार्केटिङ कम्युनिकेशन चेयर पर्सनमा भगवती श्रेष्ठ चयन भएकी छन् ।

लायन्स डिस्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै क्रियाशिल भएर सामाजिक कार्यमा सहभागी हुन आग्रह गरे । यसैगरी लायन्स फर्स्ट भिपी बालाराम भट्टराई, सेकेन्ड भिपी सन्दिप कशौधन तथा अन्य अतिथीहरु अनिल प्रसाद श्रेष्ठ, जिवन वझा लगायतले बोल्दै क्लबलाई थप सक्रिय र मानवीय सेवाकार्यमा समर्पित गर्न आग्रह गरे ।

लायन्स क्लब अफ बुटवलका नवनिर्वाचित अध्यक्ष पोखरेलले अग्रजहरुका सकारत्मक र रचनात्मक कामहरुको अनशरण गर्दै नयाँ योजनाकासाथ काम गर्ने प्रतिवद्धता गरे । क्लबका अध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : १० बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको