२० भदौ २०८३, शनिबार | September 5, 2026

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस



विराटनगर । कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा सङ्घ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताए । उनका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि रु एक करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा रु एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा रु एक अर्ब १० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि रु एक करोड ५० लाख बाँटफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिए। राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजकै बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १२ : १३ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी