१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

प्रदेश संरचनाबारे बहस भएपनि स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन : प्रधानमन्त्री



काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरेका छन् ।

“संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहश भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छै । जनतालाई सेवा दिने नजिकको सरकार यही हो,’ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’’

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधि प्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ५ : ४४ बजे

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ

संसदलाई अपमान गर्ने प्रधानमन्त्री पदमा बस्न मिल्दैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवल आज विश्वासको

यस्तो छ अर्थमन्त्रीले तयार पारेको आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग