११ श्रावण २०८३, सोमबार | July 27, 2026

कारागारमा कोरोना संक्रमण फैलिन नदिन उच्च सर्तकता



काठमाडौं । गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन उच्च सर्तकता अपनाइएको जनाएको छ ।

विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड-१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पूर्ण सजक रहेका प्रष्ट पारेको हो ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन, कोरोना रोकथाम नियन्त्रणका लागि हरसम्भवका प्रयास गर्न तथा सङ्क्रमित कैदीबन्दीको आवश्यक उपचारको व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभागमार्फत् सबै कारागार र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिइसकिएको जनाएको छ ।

कोभिड-१९ नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारबाट समय समयमा जारी भएका निर्णय तथा विभिन्न निकायबाट जारी भएका मापदण्ड र परिपत्र कार्यान्वयनको अवस्थाबारे पनि अनुगमन भइरहेकोे भइरहेको छ । कारागारमा जोखिम हुन नदिन पहिलेदेखि नै उच्च साबधानी अपनाइएको र त्यसमा मन्त्रालय पूर्ण सजक रहेको विज्ञप्तिमा उल्लेख छ ।

कैदी/बन्दीमासँग बाह्य व्यक्तिको भेटघाट नियन्त्रण गर्ने, विरामी कैदी/बन्दीलाई सम्भव भएसम्म कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै उपचार गराउने र सम्भव नभएमा सुरक्षित रुपमा स्थानीय वा अन्य अस्पतालमा उपचार गराउने गरिएको तथा उपचार पश्चात कारागार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकाको हकमा भने कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई आइसोलेशनको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको र केन्द्रीय कारागार सुन्धाराको परिसरमा रहेको तालिम केन्द्रलाई आइसोलेशन बनाउन निर्माण कार्य थाल्ने लगायत विषयमा मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण्माको लक्षण देखिएका गम्भीर खालका विरामीलाई सुविधासम्पन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । यती हुँदाहुँदै पनि केही दिन यता कारागारमा रहेका बैदीबन्दीमा सङ्क्रमण देखिन थालेको छ ।

हालसम्म देशभरका एक सय १८ कैदी/बन्दीमा सङ्क्रमण देखिएकोमा ४९ जना निको भइसकेको, १ जनाको मृत्यु भएको र अन्यको उपचार जारी रहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : १९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न