७ बैशाख २०८३, सोमबार | April 20, 2026

२३ औं तिलोत्तमा गोल्डकप : ट्राईबेकरमा पुलिसलाई स्तब्ध पार्दै चर्च अन्तिम चारमा



बुटवल । रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तगत दोस्रो क्वाटरफाईनल खेलमा ए डिभिजन विजेता चर्च ब्याईज युनाईटेड विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । विभागिय टिम नेपाल पुलिस क्लबलाई ट्राईबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो ।

यो सिजनमा विभिन्न ४ वटा प्रतियोगिताको उपाधि विजेता चर्चले तिलोत्तमा गोल्डकपमा दाबेदारी समेत पेश गरेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको निक्कै प्रतिस्प्रात्मक खेलमा शुरुवाट नै चर्च हाबी बन्यो । पहिलो हाफमा पाएको धेरै अवसर गुमाएको चर्च गोलरहित बराबरीमा रोकियो । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको पुलिसबाट पनि गोलका अवसर गुम्यो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल ट्राईबेकरमा धकेलियो ।

ट्राईबेकरमा चर्चका अमन लामा, चेतन चौधरी, अरमान बिउडियम र प्रवेश कुवरको प्रहार गोलमा परिणत भयो । आकाश राई र सर्जजो डिकोको प्रहार रोकीदिए ।

यता नेपाल प्रहरी क्लबका प्रज्वल चौधरी, गोलकिपर अमित टमाटा, अरुण गाहाले गोल गरे । मान बहादुर परियार बाहिरियो । ओसेन्द्र कटुवाल र विवेक पाण्डेको प्रहार बारमा लागेर बाहिरियो ।

खेलमा चर्च ब्याईजका अमन लामा म्यान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार प्रतियोगिताको तेस्रो खेलमा संकटा एफसी र जर्जियन एफसी भारतका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ४७ बजे

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको