४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

गौर अस्पताल १०० बेडमा स्तरोन्नती



रौतहट। मधेश प्रदेशमै उत्कृष्ट गौर प्रादेशिक अस्पताल १०० बेडमा स्तरोन्नती भएको छ।

कार्यसम्पादन संगै उपचारका लागी आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल गौर लाई ५० बेडबाट १०० बेडमा स्तरोन्नती गरीएको हो।

अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १०० बेडको अस्पताल स्तरोन्नति तथा सञ्चालनको स्वीकृती प्रदान गरिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ।

५० बेडबाट १०० बेडमा स्तरवृद्धि अस्पतालको क्षमतामा वृद्धि हुनुले विगतदेखि बिरामीहरूले पाउँदैआएको सेवा सुविधामा थप सुधार हुने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमिले न्युज कारखाना लाई बताएका छन्।

प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी, पूर्वाधारमा ,सुधार, थप उपकरण र सुविधा सम्पन्न भवनहरूमा
बिरामीको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने समितिका अध्यक्ष हाशमीले जानकारी दिएका छन्।

स्तरवृद्धि अस्पतालको विकास र सुधारको लागि एउटा महत्वपूर्ण कदम हो ,यसले गौर क्षेत्रका जनतालाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने तथा उपचारको लागि हजारौँ रुपैयाँ खर्चेर बाहिर जानुपर्ने बाध्यता हटेको मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले विश्वास लिएका छन् ।

यस अघि सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल गत माघ महिनामा मधेश प्रदेश मै उत्कृष्ट बनेको थियो भने देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको थियो।

मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षण पछि कार्यसम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको थियो।

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिसत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको थियो।

न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अन्तर्गत प्रदेश लगायत स्थानबाट गएको अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामी संग गर्ने ब्यवहार,भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी उत्कृष्ट घोषित गरेको थियो।

केही समय अघिसम्म रेफरल अस्पातालको नामले परिचित भएको प्रादेशिक अस्पताल गौर समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर छुट्टै पहिचान कायम गर्न सफल भएको स्थानीयहरूले बताउँदै आएका छन्।

यस आर्थिक बर्षको ७ महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको अस्पताको तथ्याङ्कमा उल्लेख गरिएको छ।

 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : ४० बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत