११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : पञ्जाबले गुजरातलाई हरायो



काठमाडौं । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आईपीएल) मा विजयी सुरुवात गरेको छ । श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।

२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन । साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे ।

१४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएर गिल पहिलो विकेटका रुपमा आउट भए । सुदर्शन र तेस्रो नम्बरमा ब्याटिङ गरेका जोस बटलरले अर्धशतक बनाए। उनीहरुले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए । बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे ।

त्यपछि ब्याटिङमा‌ आएका सेर्फाने रुथरफोर्ड २८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए ।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो ।

पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले सर्वाधिक ९७ रन जोडे । उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे । आइपिएल इतिहासको आफ्नो पहिलो शतकबाट श्रेयस ३ रन टाढा चुके ।

पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग मिलेर नट आउट ८१ रनको साझेदारी गरे । शंशाक १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे। मार्कस स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए ।

यसै खेलमा आइपिएल डेब्यु गरेका पञ्जाबका ओपनर प्रियान्स आर्य २३ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४७ रनमा आउट भए । ग्लेन म्याक्सवेल पहिलो बलमा नै आउट हुँदा अजमतुल्लाह उमरजाइले १६ रन जोडे ।

गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ७ : २१ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई