१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

राजावादी आन्दोलनमा देखिएको अराजकता प्रति समाजवादी मोर्चाको निन्दा र भर्त्सना



काठमाडौं । समाजवादी मोर्चाका शिर्श नेताहरुले मोर्चाको विशाल जनप्रदर्शन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गरेको जनाएका छन् । मोर्चाका शिर्श नेताहरुले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै उच्छृङ्खल र अराजक कार्यको मोर्चाको तर्फबाट घोर भर्त्सना एंव निन्दा गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विस्लव सी, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेसपाका अध्यक्ष महेन्द्र राष् यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को केन्द्रीय तथा काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष कमरेड माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गगरिएको जनाउँदै यस कार्यमा संलग्न अपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ । नेताहरुले राजनीतिक दलको कार्यलय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ४९ बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान