१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आईपीएल : मुम्बईको दोस्रो हार, गुजरात ३६ रनले विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध गुजरात टाइटन्सले ३६ रनको जित निकालेको छ । यो मुम्बईको लगातार दोस्रो हार हो भने गुजरातको पहिलो जित हो । पहिलो खेलमा गुजराजत पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो । पहिलो खेलमा मुम्बई भने चेन्नईसँग चार विकेटले हारेको थियो ।

टस जितेर मुम्बईले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रनमा समेटिएको हो ।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । तिलक बर्माले ३९ रन बनाए भने नमन धीर र मिचेल सान्टनेर समान १८ रन जोडे। उसका लागि अन्य ब्याट्सम्यान चलेनन् । चार बल खेलेका रोहित शर्माले मात्र आठ रन बनाएका थिए भने रायन रिकेल्टनले ९ बल खेलेर ६ रन मात्र जोडे । कप्तान हार्दिक पाण्डे १७ बलको सामना गरेर मात्र ११ रन जोडे ।

गुजरातका मोहम्मद सिराज र प्रशिद्ध कृष्ण समान दुईदुई विकेट लिए भने कागिसो रबाडा र शाई किशोरले समान एकएक विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

गुजरातलाई शाही सुदर्शनले सर्वाधिक ६३ रन बनाए । ४१ बल खेलेका उनले चार चौका र दुई छक्का हिर्काए । जोश बटलरले २४ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन बनाउँदा कप्तान शुभमन गिल ३८, शेर्फेन रदरफोर्ड १८ रन बनाए । पूरै २० ओभर खेल्दा आठ विकेट गुमाउँदै उसले १९६ रन बनाएको हो ।

मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । ट्रेन्ट बोल्ड, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एकएक विकेट हात पारे ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्नेछन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : २३ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार